Shopping Cart
Contact Lens case cleaning in Nepali

How often should you clean your contact lens case ?

तपाईंले आफ्नो कन्ट्याक्ट लेन्सको केस कति पटक सफा गर्नुपर्छ?

कन्ट्याक्ट लेन्सहरू लगाउन साँच्चै सजिलो र सरल छ यदि तपाईंले लगाउने निर्देशनहरू राम्ररी पालना गर्नुभयो भने।

आउनुहोस यसै सम्बन्धमा लेन्स केस संग सम्बन्धि जानकारी लिनुहोस्

के तपाई लाइ थाहा छ तपाईले राख्ने कन्ट्याक्ट लेन्स केसलाइ प्रत्येक दिन आफ्नो कन्ट्याक्ट लेन्स केस (बट्टा) लाइ राम्रो संग सफा गर्नु पर्दछ।

 

कसरि सफा गर्ने ?

तपाईंको लेन्स केस सफा गर्न, लेन्स केस भित्रको प्रयोग गरिएको सोलुसन फाल्नुहोस र उक्त लेन्स केस लाई नया सोलुसनले राम्रो संग पखाल्नुहोस। एकपटक लेन्स डुबाइसकेको सोलुसन लाइ पुन: प्रयोग नगर्नुहोस् किनभने यो ब्याक्टेरियाले भरिएको हुन्छ र त्यो पुन: प्रयोग गर्नु आँखा स्वास्थ्यको लाइ हानिकारक हुन्छ । साथै, याद गर्नुहोसकि तपाईंले कहिले पनि सोलुसनको सट्टामा धाराको पानिले कन्ट्याक्ट लेन्स सफा गर्नु हुदैन किनभने यो हानिकारक हुन सक्छ र संक्रमण हुन सक्छ।

केशलाई सफा तौलियाले वा टिस्सु पेपरले सुक्खा हुने गरि पुछ्नुहोस् र केसको बट्टा बन्द गर्नु अगाडी यसलाई पूर्ण रूपमा हावामा सुक्न दिनुहोस्।

लामो समयसम्म एउटै केस को प्रयोग नगर्नुहोस। पाईंले आफ्नो लेन्स केस प्रत्येक तीन महिनामा बदल्नुपर्छ।

सबै भन्दा राम्रो तपाईले आफ्नो केसलाई तातो पानीमा पाँच मिनेट उमालेर पनि कीटाणुरहित गर्न सक्नुहुन्छ। यो नियम पालना गर्न नबिर्सनुहोस्

यदि तपाईं अल्छी हुनुहुन्छ र हरेक दिन आफ्नो केस र लेन्सहरू सफा गर्न मनपर्दैन भने, दैनिक डिस्पोजेबल लेन्स हरूमा स्विच गर्नुहोस् किन भने दैनिक डिस्पोजेबल लेन्स प्रयोग गर्दा तपाईंलाई केसको आवश्यकता पर्दैन किनकि तिनीहरू दिनको अन्त्यमा फ्याँकिनेछन्। दैनिक डिस्पोजेबल लेन्सहरु सबै भन्दा सुरछित छन् किन भने यो एक पटक बिहान लगाउने र बेलुका फाल्ने गरिन्छ, पुन प्रयोग नहुने हुदा यस्ता लेन्सले आँखामा इन्फेक्सन हुन बाट जोगाउदछ।

 

कन्ट्याक्ट लेन्स केस सफा गर्ने ५ सरल तरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Express shipping

All Over Major Cities of Nepal.

Easy 7 days returns

7 days money back guarantee

International Products

Best High Quality Products.

Cash On Delivery/Fonepay

We accept online payment.