Shopping Cart
Contact Lens Instruction Nepali

Contact Lens Instruction in Nepali

कन्ट्याक्ट लेन्स प्रयोगकर्ताको लागि कन्ट्याक्ट लेन्स सफाई निर्देशन

आफ्नो कन्ट्याक्ट लेन्स स्वस्थ राख्न यी निर्देशहरू पालना गर्नुहोस् र दैनिक यी निर्देशहरू पालना गर्ने बानि बनाउनुहोस। यसलाइ पालन गर्नुभएमा यसले आँखामा हुने संक्रमणको जोखिम न्यूनीकरण गर्न मद्दत गर्दछ।

सफा बानीहरू

  • लेन्सको प्रयोग गर्नु अघि साबुनले आफ्नो हात साबुन पानीले धुनुहोस् ,
  • त्यसपछि टिस्सु पेपर वा भुवा नभएको सफा तौलियाले आफ्नो हात सुकाउनुहोस्।
  • लेन्स लगाउदा प्रयोग गर्ने टेबल सफा र सुक्खा राख्नुहोस

सफा लेन्सहरु

  • तपाईंको कन्ट्याक्ट लेन्सहरू हरेक दिन सफा र कीटाणुरहित हुनुपर्छ, यसलाई सफा कीटाणुरहित गर्ने काम कन्ट्याक्ट लेन्स सोलुसनको हो, जथाभाबी जुनसुकै सोलुसन प्रयोग नगर्नुहोस,
  • दैनिक लेन्सलाइ आँखाबाट निकालिसके पछि आफ्नो हातको हत्केलामा केही थोपा नया लेन्स सोलुसनको साथ उक्त लेन्स राखी औला को सहायताले लेन्सलाई 15 सेकेन्ड सम्म हलुका संग अगाडि र पछाडि रगड्नुहोस्।
  • रगडिसकेपछि, लेन्स लाइ सोलुसनले पखाल्नुहोस र लेन्स केस मा नया सोलुसन भरि उक्त लेन्स स्टोर गर्नुहोस।
    याद राख्नुहोस सोलुसनको सट्टामा पानीको प्रयोग गर्नु हुदैन र एक पटक लेन्स राखिसकेको सोलुसन पुन प्रयोग गर्नु हुदैन

सफा लेन्स केसहरु

  • लेन्स राख्ने बट्टा अर्थात् लेन्स केस लाइ आफ्नो औलाको सहायताले भित्रि भाग सफा गर्नुहोस र लेन्स सोलुसनको प्रयोग गरि पखाल्नुहोस, पखाली सके पछि टिस्सु पेपरले पुछ्नुहोस र टेबलमा सफा टिस्सु पेपर बिछ्य्याइ लेन्स केस लाइ घोप्टो पारि केहि समय हावामा सुक्न दिनुहोस

 

Contact Lens Cleaning Instruction Nepali

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Express shipping

All Over Major Cities of Nepal.

Easy 7 days returns

7 days money back guarantee

International Products

Best High Quality Products.

Cash On Delivery/Fonepay

We accept online payment.